Rule 35
सूचना गर्नु पर्ने
९१० कसैले शिकार गर्दा कुनै हिंस्रक वन्यजन्तुलाई घाइतेसम्म तुल्याई मार्न नसकेमा त्यस्तो वन्यजन्तुको किसिम र अरु कुनै विवरण भए सो सहित खुलाई यथाशीघ्र सोही आरक्ष वा नजीकको वन कार्यालयलाई सूचना गरिदिनु पर्छ र त्यस्तोमा सम्बन्धित आरक्ष वा वन कार्यालयले पनि वरपरका सबै गाउँ बजारका बासिन्दालाई सतर्क रहन सूचित गरी दिनुपर्छ ।
९ ऐनको दफा २१ बमोजिम आफू वा अरु कुनै व्यक्ति वा अर पालुवा कुनै जनावरको बचावटको लागि कसैले हातहतियार प्रयोग गर्दा कुनै वन्यजन्तु मर्न गएमा वा घाइते भएमा त्यसको सूचना बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र राष्ट्रिय निकुञ्ज वा आरक्ष वा वन कार्यालय रहेको जिल्लामा  नजिकको कुनै त्यस्तो कार्यालयको प्रमुखलाई दिनु पर्छ ।